१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएन हेल्प डेस्क युरोप–अमेरिकाका एनआरएन नेपालीको लागि मात्रै हो ?

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७५, सोमबार १८:५२

काठमाडौं–गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् ओमानले हालै एनआरएनले त्रिभुवन विमानस्थलमा स्थापना गरेको एनआरएन हेल्प डेस्कको प्रयोगबारे प्रश्न उठाएको छ ।
परिषद्का एनआरएन सोसल क्लब, ओमानका अध्यक्ष र महासचिवले अध्यक्ष भवन भट्टलाई एक ज्ञापनपत्र प्रेषित गर्दै नेपालको अध्यागमन बिभागमा एनआरएन डेस्क खुल्नु राम्रो भएपनि खाडीमुलुक, कोरिया, मलेसिया लगायत अन्य देशमा कार्यरत नेपाली कामदारलाई यो डेस्क प्रभावकारी नहुने देखिएको उल्लेख गरेका छन् ।
ज्ञापनपत्रमा एनआरएन डेस्कबाट एनसीसीको परिचयपत्रले समेत सुविधा पाउने व्यवस्था हुनु्पर्नेमा माग गरिएको छ ।
यद्यपि छुट्टै डेस्क प्रयोग गर्न पाउने बाटो खुला हुनु सुखद भएको भन्दै ज्ञापनपत्रमा अब खाडी, मलेसिया लगायतका एनआरएनहरुलाई समेत सुविधा दिने ब्यवस्था गर्न अनुरोध गरिएको छ ।