११ बैशाख २०८१, मंगलवार
Follow Us

पत्रकार नारद वाग्ले नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल चीनतिर

नेपालब्रिटेन डट कम्
३० आश्विन २०७३, आईतवार ०९:१८

राजनीतिक विश्लेषक एवम् पत्रकार नारद वाग्ले नेतृत्वको २० सदस्यीय नेपाली प्रतिनिधिमण्डल चीनको साताव्यापी भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरेको छ ।
प्रतिनिधिमण्डलमा पत्रकारसहित विभिन्न राजनीति दलका भ्रातृ सङ्गठनका सदस्य सहभागी छन् । चाइना डेभलपमेन्ट फोरमको निमन्त्रणामा चीन भ्रमणमा रहेको उक्त टोलीले सिचुवान प्रान्तको छेन्दुमा आयोजना हुने ‘नेपालमा दिगो विकास’ विषयको कार्यशालामा भाग लिने टोली नेता वाग्लेले राससलाई बताउनुभयो । नेपाली टोलीले कार्यशालामा कार्यपत्रसमेत प्रस्तुत गर्नेछ ।

प्रतिनिधिमण्डलमा नेकपा (एमाले) केन्द्रीय सदस्य हिक्मत कार्की, गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोखरेल, पत्रकार महेश्वर दाहाल, राजेश अहिराज, सङ्केत कोइराला लगायत छन् । रासस