१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपलिज सेफ एसोसिएसन यूकेको दोस्रो अधिवेशन (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७५, सोमबार २१:०७

लण्डन । वेलायतस्थित नेपाली सेफहरुको साझा संस्था नेप्लिज सेफ एसोसिएसन यूकेको नयाँ नेतृत्व चयन भएको छ ।
सोमबार साँझ लण्डनस्थित भेन्युफाइवमा आयोजित दोस्रो अधिवेशनले दधि आचार्यको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो । यसअघि संस्थाको अध्यक्षमा बेलायतमा निकै सक्रिय समाजसेवी कृष्ण तिमल्सिना रहेका थिए । उनले कुशलतापूर्वक आफ्नो कार्यकाल पूरा गरी आचार्यलाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।

अघिवेशनबाट उपाध्यक्षमा रामप्रसाद न्यौपाने र मोहनलाल ओली, महासचिवमा भुपेन्द्र पाठक, सचिमा विनोद बराल र कोषाध्यक्ष रामचन्द्र सुवेदी तथा सहकोषाध्यक्षमा धर्मागत चापागाई चयन भएका छन् ।

यस्तै सदस्यहरुमा रामप्रसाद सापकोटा, केबी गुरुङ, राजु बोहोरा, शिव कंडेल, टिकाराम निउरे, मनिष खड्का, विक्की सापकोटा, दुर्गा गुरुङ, टीकाराम कँडेल, देवीलाल गुरुङ, प्रकाश गुरुङ, लालचन्द्र सापकोटा र पारस सापकोटा चयन भएका छन् ।

अध्यक्ष तिमल्सिनाको सभापतित्वमा सम्पन्न अधिवेशनमा एनआरएन उपाध्यक्ष कूल आचार्य, संस्थाका सल्लाहकार तथा निर्वाचन आयुक्त रामशरण सिम्खडा, एनआरएन यूकेका पूर्व अध्यक्ष सूर्य गुरुङ, एनआरएन यूकेका अध्यक्ष योग कुमार फगामी, अग्रज सेफ ध्रुव केसीलगायत अतिथि रहेका थिए ।

यस्तै कार्यक्रमको प्रमुख अतिति रहेका बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए ।
कार्यक्रममा बद्री प्रसाद जैसी, श्रीराम ढंगोल, श्रीराम राहुल, हरि प्रसाद सापकोटा र हेमराज सापकोटालाई सम्मान समेत गरिएको थियो ।

नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन आयुक्त सिम्खडाले सपथग्रहण गराएका थिए ।