११ बैशाख २०८१, मंगलवार
Follow Us

‘प्रधानसेनापतिज्यू वर्षात्अघि नै घर बनाइदिनूस्’

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७५, मंगलवार ०३:०४

बारा । बारा–पर्साका आँधी–हुरी पीडितहरूले आउने वर्षात्अघि नै घर बनाइदिन नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग आग्रह गरेका छन् ।
सोमबार हावाहुरीबाट प्रभावित बारा र पर्साका गाउँहरूको स्थलगत निरीक्षण गर्नुभएका प्रधानसेनापति थापासँग उनीहरूले यस्तो आग्रह गरेका हुन् ।
फेटा गाउपालिका ६ पुरैनियाका अमरुद्दिन देवानले बर्षाअघि नै स्थायी घर बनाइदिन प्रधानसेनापति थापालाई अनुरोध गरे। ‘बर्षाअघि घर बन्न नसके पीडितको बिचल्लि हुने बताउँदै उनले भने–सरकारले घर बनाउने जिम्मा दिएपछि समयमै काम पुरा हुने विश्वास पलाएको छ ।’

हेलिकप्टरबाट दिउँसो बाराको फेटा गाउँपालिका १ भलुही भरवलीया र वडा नम्बर ६ पुरैनियामा पुगेका प्रधानसेनापति थापाले हुरी प्रभावितलाई भेटेर घर बनाउन जतिसक्दो छिटो जग्गा उपलब्ध गराउन आग्रह गरेका थिए । उनले दुई महिनाभित्रै घर बनाएर पीडितलाई हस्तान्तरण गर्ने प्रतिवद्धता जनाए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।