१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दर्जन बढी जिल्लामा सीडीओ सरुवा

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७५, मंगलवार ०३:३०

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको छ ।
गृहका अनुसार रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने रामेछापको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालयकी लीला केसीलाई पठाइएको छ । यस्तै, सिन्धुपाल्चोकका कृष्णप्रसाद अधिकारीलाई गृहमा, गृहकी गोमादेवी चेम्जोङलाई सिन्धुपाल्चोकमा, दोलखाका सागरमणि पाठकलाई गृहमा र गृहका खगेन्द्र रिजाललाई दोलखाको प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी दिइएको छ । राजधानी दैनिकमा यो खबर छापिएको छ ।

गृहका अनुसार रसुवाका कृष्णप्रसाद पौडेललाई गृह मन्त्रालयमा, गृहका अर्जुन भण्डारीलाई रसुवामा, बाजुराका गंगा न्यौपानेलाई गृहमा तथा नख्खु कारागार प्रमुख जीवन दुलाललाई संखुवासभाको सीडीओमा नियुक्त गरिएको छ । यसैगरी, गृहका वसन्त पुरीलाई काभ्रेको सहायक प्रमुख जिल्ला अधिकारीमा, भीमकान्त आचार्यलाई सिन्धुपाल्चोकको सहायकमा, धनुषाका सहायकदेव अर्याललाई नख्खु कारागारमा, संखुवासभाका सीडीओ गणेश अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, गृहका कृष्णकान्त उपाध्यायलाई बाँकेको सहायक सीडीओमा, गृहका अर्जुन शाहलाई धादिङको सहायक सीडीओमा र पूर्वी नवलपरासीका श्रीनाथ पौडेललाई कास्कीको सहायक सीडीओमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।