१३ बैशाख २०८१, बिहीबार
Follow Us

बाँकेमा विप्लव समूहका चारजनाले आत्मसमर्पण गरे, चार पक्राउ

sarusaru
२६ चैत्र २०७५, मंगलवार ०३:४३

नेपालगन्ज : नेत्रविक्रम चन्द विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएपछि बाँके जिल्लामा विप्लव समूहका चारजनाले आत्मसमर्पण गरिसकेका छन् । चारजना पक्राउ परेका छन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर आत्मसमर्पण गरेका हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार खजुरा गाउँपालिका–८, रनियापुर बस्ने ६६ वर्षीय चुन्नी खाँले अबदेखि पार्टीको कुनै पनि गतिबिधिमा नलाग्ने प्रतिबद्धतासहित आत्मसमर्पण गरेका हुन् ।

तीन वर्षदेखि नेकपा माओवादी बिप्लवमा सहभागी रहेका खाँले पछिल्लो दुई वर्षदेखि जिल्ला सल्लाहकार थिए । यसअघि सल्यान घर भए नेपालगन्जमा बस्ने डिल्लीबहादुर डिसी, कोहलपुर बस्ने रामजी कुँवर र रुकुम चौरजहारीका गगन खड्काले पनि आत्मसमपर्ण गरेका थिए ।

विप्लव समूहका बाँकेका पूर्वजनसरकार प्रमुख सन्तोष बस्नेत लगायत चार जनालाई पक्राउ गरी हिरासतमा राखिएको प्रजिअ भुजेलले बताए ।
अन्नपूर्ण पोष्ट