१२ बैशाख २०८१, बुधबार
Follow Us

अन्तराष्ट्रिय लगानी सम्मेलनमा भाग लिन उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव युएई पुगे

sarusaru
२६ चैत्र २०७५, मंगलवार ०५:३४

अन्तराष्ट्रिय लगानी सम्मेलनमा भाग लिन उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव युएई आईपुगेका छन्। ।

यूएई सरकारको आयोजनामा दुबईमा आजदेखि सुरु भएको अन्तराष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन मन्त्री यादव सँगै मन्त्रालयका सहसचिव शोभाकान्त पौडेल आइतबार युएई आइपुगेका हुन्। सम्मेलनमा युएईका लागि नेपाली नवनियुक्त राजदूत कृष्णप्रसाद ढकाल समेत सहभागी छन्

विभिन्न देशका प्रतिनिधि सहभागी रहेको उक्त अन्तराष्ट्रिय लगानी सम्मेलनमा लगानीका बिषयमा छलफल गर्ने उल्लेख गरिएको छ।

पाँचदिने युएई भ्रमणमा रहेका उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री यादवले कुटनीतिक भेटघाट गर्ने दुतावासले जनाएको छ। सोहि अनुरूप आज साँझ युएईका अर्थमन्त्रीसँग भेटघाट कार्यक्रम रहेको नेपाली दूतावास युएईका उपनियोग प्रमुख तथा प्रबक्ता सागर फुयाँलले जानकारी दिए।

मन्त्री यादवले बुधबार युएईमा रहेको नेपाल बिजनेस काउन्सिलका प्रतिनिधी लगाएत अन्य नेपाली ब्याबसायीहरूसँग भेटघाट गरी बिहीबार नेपाल फर्किने कार्यक्रम रहेको छ।