१३ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रपति भण्डारीकी छोरी र पूर्वराष्ट्रपति यादवका नातिवीच ईंगेजमेन्ट

नेपालब्रिटेन डट कम्
३० आश्विन २०७३, आईतवार ०९:३४

प्रथम राष्ट्रपति डा. रामवरण यादव र प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीबीच राजनीतिक मात्र होइन, अब पारिवारिक नाता पनि जोडिएको छ ।

पूर्वराष्ट्रपति यादवकी छोरी किरण यादवका छोरा इन्जिनियर अभिषेक यादव र भण्डारीकी कान्छी छोरी डा.निशाकुसुमबीच पारिवारिक जमघटकावीचमा राष्ट्रपतिभवन शितल निवासमा ईग्गेजमेन्ट भएको छ । उनीहरुवीच लामो समयदेखि पे्रेम सम्बन्ध थियो ।

डा. यादव र भण्डारीबीच २०७३ सालमै पारिवारिक नाता जोडिन लागेको हो । बिहेको मिति पनि पक्का भइसकेको छ । अभिषेककी आमा किरण कांग्रेसकी सांसद हुन् । यादव र भण्डारीवीच अध्ययनको शिलशिलामा अमेरिकामा भेट भएको थियो र उनीहरु अमेरिका मै हुँदा प्रेमममा थिए । यादवका पारिवारिक स्रोतका अनुसार यी दई जोडीको विवाह भने यही माघमा हुने पक्का भएको छ ।

ईंगेजमेन्ट सरोहमा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि उपस्थिति रहेको थियो ।