April 2, 2020

सुनचाँदीको भाउ बढ्यो आज कति पुग्यो ?

  9th April 2019 मा प्रकाशित

काठमाडौं– मंगलबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ रु ३०० र चाँदीको भाउ रु १० ले बढेको हो ।
महासंघका अनुसार मंगलबार छापावाल सुन तोलमा ६० हजार ३०० मा कारोबार भइरहेको छ। सोमबार सुन तोलामा ६० हजारमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन ६० हजारमा कारोबार हुँदा चाँदी तोलामा रु ७४० मा कारोबार भएको छ । सोमबार चाँदी तोलमा ७३० मा कारोबार भएको थियो ।

प्रतिक्रिया