१४ बैशाख २०८१, शुक्रबार
Follow Us

खुकुरी देखाएर राजधानीको जोरपाटीमा यसरी भयो लुटपाट

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७५, मंगलवार ०८:५०

काठमाडौं– राजधानीको बौद्ध जोरपाटीस्थित पाथीभरा मनि ट्रान्सफरको पैसा लुटिएको छ । बौद्धस्थित नविल बैंकको शाखाबाट झिकिएको मनि ट्रान्सफरको ३ लाख रुपैया मंगलबार दिउँसो लुटिएको काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
तीन जनाको समूहमा आएका लुटेराले पाथीभरा मनि ट्रान्सफरका कर्मचारी रवी श्रेष्ठले बोकेको झोला ट्रान्सफर भित्र छिर्दैगर्दा लुटेराले थुतेर भागेको जानकारी आएको बोगटीले जानकारी दिए । प्रहरीका अनुसार मोटरसाइकलमा आएका लुटेराले खुकुरी देखाउँदै झोला थुतेर भागेका थिए ।
प्रहरीले लुटेराको खोजतलास जारी रहेको जनाएको छ ।