१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रियंका र आयुसमानले गरे साइवर अपराध

sarusaru
२६ चैत्र २०७५, मंगलवार ११:२८

समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीको निमार्ण र शुभ मिडिया होमको सहकार्य रहेको लघु चलचित्र ‘बैगुनी माया’ गज्जब टिभी यूटुब च्यानल मार्फत अपलोड गरिएको छ ।

प्रियांका कार्की, आयुसमान देशराज जोशी, शिवहरी पौडेल, कमला रेग्मी, अशोक धिताल, विष्णु बुढाथोकी, पुनम भण्डारी लगायतले अभिनिय रहेको
चलचित्रमा गोकुल अधिकारीको छायांकन, सरोज ओली र प्रेम पुनको कथा लेखन, रविन भट्ट र अमन मानन्धरको सम्पादन तथा राजेश विकको निर्देशन रहेको छ भने
पोष्ट प्रोडक्सन शुभ मिडिया होमले गरेको छ ।

‘बैगुनी माया’ चलचित्रले समाजमा सामाजिक संजालको दुरुपयोगवाट उब्जिएको समस्या र आम नागरिकले भोग्नु परेको सास्तिको चित्रण गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता उत्तम राज सुवेदी सामाजिक संजालको दुरुपोगवाट आफु पनि बचौं र अरुलाई पनि बचाउनु पर्ने आजको आवश्यकता रहेको बताउनु हुन्छ ।

हेर्नुस भिडियो