१५ चैत्र २०८०, बिहीबार
Follow Us

जुगल हिमालको पहिलोपटक सफल आरोहण

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७५, मंगलवार १७:२८

सिन्धुपाल्चोक– काठमाडौँबाट नजिक रहेको जुगल हिमालको पहिलोपटक सफल आरोहण गरिएको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका– ३ गुम्बा गाउँमा अवस्थित जुगल हिमशृङ्खलामा पर्ने छ हजार १५१ मिटर उचाइको ग्याल्जेन चुचुरोको प्रथम पटक सफल आरोहण भएको हो । ग्याल्जेन पिकसहित जुगल शृङ्खलामा ११ वटा चुचुरो पर्दछन् ।

उक्त हिमालको समावेशी सगरमाथा आरोही माया गुरुङ, शर्मिला थापा र मिलन लामाले आज आरोहण गरेको उक्त गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
नेपाल पर्यटन बोर्डका अनुसार उक्त हिमशृङ्खलामा हालसम्म पहिचान भएका ११ चुचुरामध्ये छ हजार २५६ मिटरदेखि छ हजार ९६६ मिटर उचाइका आठ चुचुरा छन् ।