१५ बैशाख २०८१, शनिबार
Follow Us

विद्युतीय पुस्तकालय बनाउन बेलायतबाट १७ लाख सहयोग : भवनको शिलान्यास गरियो

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७५, मंगलवार १९:०६

सिन्धुपाल्चोक– प्रवासमा बसेर पनि नेपाल र नेपालीप्रतिको लगाव र कर्तव्य बोधमा कमी पटक्कै छैन भन्ने उदाहारण महाभूकम्पको बेला होस् या भर्खरैको हावाहुरीबाट तराईमा भएको विनास प्रति नै किन नहोस् । कुनै न कुनै रुपमा प्रवासबाट सहयोग भइरहेको छ ।
यस्तै बेलायतस्थित क्षेत्री समाजले गत मार्च १७ मा परोपकारिता र निर्माणलाई साहित्यसँग जोड्ने पृथककार्यक्रमको आयोजना गर्यो । युबाबीच चर्चित कवी नवराज पराजुलीको प्रमुख प्रस्तुतीमा कविता बाचनबाट कार्यक्रम त सम्पन्न गर्यो नै सबै खर्च कटाएर १७ लाख बचत समेत गर्यो ।
जुन जान्वी फाउण्डेशनको स्थानीय संयोजनमा महाभूकम्पले खण्डहर सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ६ टेकानपुरको कालिकामाविमा २ कोठ भवन सहित अत्याधुनिक विद्युतीय पुस्तकालय निर्माणको लागि आयोजित थियो ।
सोमबार सोही परियोजनाको शिलान्यास नायिका तथा फाउण्डेसनकी अध्यक्ष जान्वी बोहाराले एक समारोहबीच गरिन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण बोहराको अध्यक्षतामा आयोजित सो शिलान्यास समारोहमा नायिका बोहराले सो भवनको शिलान्यास गर्दै भनिन्, ‘शिक्षा भविष्यन्मुख हुनुपर्छ, अतीतन्मुख होइन । अनि मात्र विकास हुन सक्छ । कुनै पनि सिर्जनात्मक प्रक्रिया भविष्योन्मुख हुन सक्छ । अतितको अर्थहीन रटानको सट्टामा हामीले भविष्यका लागि प्रेम आदर सिकाउनु उचित ठहर्ला ।’

उनले शैक्षिक स्तर सुधारका लागि विद्युतीय पुस्तकाल निर्माण गर्न लागिएको जानकारी दिँदै आर्थिक संकलनमा क्षत्रि समाज युकेले देखाएको सक्रियताका लागि आभार प्रकट गरिन् ।
उनका अनुसार विद्युतीय पुस्तकालय निर्माणमा हुने खर्चको १० प्रतिशत फाउण्डेशनको समेत लगानी रहनेछ भने विध्यालयले १० प्रतिशत नगद–श्रमदान वा जिन्सीबाट जुटाउने छ।

यी सबै अहिले निर्माण हुन गै रहेको भवन र पुस्तकालय निर्माणमा खर्च गरिने उनको भनाई छ ।
उनले रकम जुटाउनका लागि पहल गर्ने एनआरएन केन्द्रीय सदस्य तथा त्यस समाजका सल्लाहकार बेलायतबासी रामशरण सिमखडा, क्षेत्री समाज बेलायतका अध्यक्ष राजन क्षेत्री महासचिब कुमार केसी तथा सबै कार्य समिति परिवारलाई धन्यवाद समेत व्यक्त गरेकी छिन्।

शिलान्यास समारोहमा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामशरण बोहराले क्षेत्री समाजका सहयोगी मनहरुले पठाएको सहयोगको सही सदुपयोग गरिने बताए ।

सोही समारोहमा प्रधानायापक ऋषीराम पौडेलले आफ्नो तर्फबाट सतप्रतिशत सहयोगको प्रतिवद्धता व्यक्त गरे ।
पुस्तकालय स्थापनाको कार्य यही असोजसम्म सकिने अपेक्षा लिइएको छ ।