८ बैशाख २०८१, शनिबार
Follow Us

अन्तराष्ट्रिय युवा वैज्ञानिक सम्मेलन काठमाडौंमा आयोजना गरिदै

sarusaru
२७ चैत्र २०७५, बुधबार ०३:४५

काठमाडौं । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ३ को अयोजना तथा त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यक्रमा २ दिने सार्क राष्ट्र स्तरीय युवा वैज्ञानिक सम्मेलन आगामी जेठ २२ र २३ गते अयोजना हुने भएको छ।

मुलुकमा रहेको विभिन्न प्राकृतिक स्रोत र साधनहरुको उपयोग गर्दै विज्ञान र प्रविधिको माध्यामवाट समग्र विकासलाई अघि वढाउने एवं समृद्धिका लागी विज्ञान तथा प्रविधिको महत्व उजागर गर्दै जल, जमिन, जीवन र वातावरणका वारेमा अनुसन्धानमुलक छलफल गराई समृद्धिको अभियान साकार पार्ने उद्देश्यले प्रदेशन नं. ३ सरकारले जलतथा मौसम विज्ञान केन्द्रीय विभागसँग मिलेर दीघकालिन विकासका लागि विज्ञानका विविध विषयहरुमा अन्तराष्ट्रिय छलफल चलाउन सार्क राष्ट्र स्तरीय युवा वैज्ञानिक सम्मेलन अयोजना गर्न लागिएको प्रदेन नं.३ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका उपसचिव एवंम विज्ञान वातावरण तथा जलवायु परिवर्तन शाखाका प्रमुख रघुराम पराजुलीले बताए।

सम्मेलनका सार्क क्षेत्रका युवा वैज्ञानिकहरुले कृषि तथा वन, ऊर्जा तथा बातावरण, जलवायु परिवर्तन तथा प्राकृतिक सम्पदाको व्यवस्थापन, जलविज्ञान, प्राकृतिक विपत्ति, उद्योग तथा पर्यटन, विज्ञान तथा प्रविधि, सिमाक्षेत्रमा रहेको व्यापक प्राकृतिक सम्पदाहरुको दीर्घकालिन व्यवस्थापन र नदि कटान क्षेत्रको व्यवस्थापनको बिषयहरुको बैज्ञानिक कार्यपत्र प्रस्तुत गर्दै छलफल गरी प्राप्त प्रतिवेदन प्रदेश नं. ३ सरकार सक्षम पेश गरिने सम्मेलन अयोजक समितिका अध्यक्ष तथा जलतथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुख डा.दीपक अर्यालले बताए।

सम्मेलनका वैज्ञानिक कार्यपत्र र विषय क्षेत्रको बारेमा राष्ट्रिय एवम् अन्तराष्ट्रिय युवा वैज्ञानिकहरुलाई विद्युतिय माध्यामहरुवाट सम्पर्क अघि वढाइसकिएको, सम्मेलनका लागी आवश्यक वेवसाइट बनाइ सकिएको, सार्कक्षेत्रका सम्वन्धित विषयका विशेषज्ञहरुसँग सम्पर्क गरिसकिएको सम्मेलनका सम्पर्क व्यक्ति एव. जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह–प्राध्यापक डा. विनोद दवाडीले जानकारी गराए।

सम्मेलनमा नेपाल बाहेका अन्य राष्ट्रबाट आउने वैज्ञानिकहरुमध्ये सार्कक्षेत्रका १५ जना युवा बैज्ञानिकहरुको सम्पूर्ण खर्च आयोजकले व्येर्होने तय भएको छ। सम्मेलनमा कार्यपत्र सहित उपस्थिति जनाउन युवा वैज्ञानिकहरुको लागि ३० अप्रिल सम्म सम्पर्क गर्ने समयावधि उपलब्ध गराइएको छ।
डिसी नेपाल