१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्यारालाइसिसबाट कसरी बच्ने ?

नेपालब्रिटेन डट कम्
२७ चैत्र २०७५, बुधबार ०४:००

सामान्य मानिसहरूले प्यारालाइसिस भनेको शरीरको कुनै अंग नचल्ने भन्ने बुझेका हुन्छन् । बिरामीहरू पनि निकै आत्तिन्छन् । अरू सबल, सपांग र निरोगी मानिसहरूजस्तै कसरी हिँड्न सकिने होला ? र कसरी हिँड्न पाइने होला ? मलाई सन्चो आराम होला कि नहोला ? के मेरो पुनर्जीवन होला ? यस्तै पीडाले निकै सताउँछ । हैरान र परेसान पार्छ ।

प्यारालाइसिस लागेकाहरू पनि झट्ट हेर्दा बिरामीजस्ता देखिँदैनन् । मुख ट्याउँट्याउँ चल्छ । खाना पनि रुच्छ । तर, शरीर लाग्दैन । हेर्दा खाइलाग्दा पनि देखिनछन् । प्यारालाइसिस भन्ने रोग यस्तै खालको अनौठो रोग हो । डाक्टरले आस नै मारिसकेका मानिसहरू पनि बाँचिरहेका हुन्छन् । कसैमा धेरै सुधार पनि आउँछ तर कसैमा कत्ति पनि आउँदैन । तर, डाक्टरहरूका अनुसार रोगी बिरामीहरूमध्ये अधिकांशमा धेरै सुधार भएको छ ।

शरीरका अंगहरू नचल्ने र नलाग्ने कुराहरूका कहिले काँही मुख नलाग्ने वा नचल्ने हुँदा बिरामीहरूलाई निकै नै अप्ठेरो पर्दछ । यस्ता बिरामीहरू मुख नचल्ने हुनाले रुने र आँसु बरबर झारिरहने गर्दछन् । प्यारालाइसिसका बिरामी निकै नै संवेदित र भावनामुखी हुन्छन् । कसैले त ‘आमा’ सम्म पनि भन्न र उच्चारण गर्न पाउँदैनन् । यस्तो अवस्थामा उक्त रोगको उपचारका लागि ‘स्पिच थेरापी’ गरिन्छ । तर, स्पिच थेरापीले कसैमा भने सुधार ल्याउन सक्दैन ।

अरूले नै उठाउने र बसाउने गर्ने बिरामीहरू थोरै पनि हिँड्न थाल्दा जुनी नै अर्को फेरको झैं हुन्छ । कतिपयको ढाड कुप्रो पर्ने, कतिपयको अनुहार नै बांगिने, कतिपयको हात खुट्टा नै बाँगिएको हुन्छ । फिजियोथेरापिस्टका अनुसार थेरापीले मानिसलाई नयाँ जीवन दिएको छ । मसाज, फिजियोथेरापी, हल्का व्यायाम, आशावादी मानसिकता आदि यसका उपचार हुन् ।

अधिकांशमा प्यारालाइसिसका कारण उच्च वा न्यून रक्तचापको समस्या पनि हुन्छ । कतिपयलाई सुगर पनि हुन्छ । यो अलि फरक रोग हो । प्यालाइसिस आफैंमा रोग होइन तर यो त कुनै रोग भइसकेपछिको ‘साइड इफेक्ट’ हो । यसलाई औषधिले ठीक गर्न गाह्रो हुन्छ । त्यसैले यसको अन्तिम विकल्प भनेकै एकीकृत प्राकृतिक चिकित्सा हो । एलोपेथीले बिरामीको जे रोग हो, त्यो मात्र ठीक हुन्छ, प्यारालाइसिस ठीक पार्न एकीकृत प्राकृतिक सेवा लिनुको विकल्प हुँदैन ।

एकीकृत प्राकृतिक चिकित्साका अस्पतालमा विभिन्न खालका थेरापी, मसाज, अकुपन्चरलगायतका एकीकृत सेवा नियमित गराउनुपर्छ । दुःखको कुुरा कतिपय चिकित्सकले शल्यक्रियापश्चात् बिरामीलाई घर पठाइदिँदा उनीहरू जिन्दगीभर अरूको बोझ बन्नुपर्ने हुन्छ । प्यारालाइसिसका बिरामीको अवस्था हेरेर उनीहरूलाई भर्ना गरेर उपचार गर्दा रिजल्ट राम्रो आउँछ । -राजधानी