१५ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल सरकार, भूपूगोर्खा, र बेलायत सरकार बीच त्रिपक्षीय वार्ता हुने

नेपालब्रिटेन डट कम्
३० आश्विन २०७३, आईतवार १०:०२

लन्डन । भूपूगोर्खाहरुको समान पेन्सन र अधिकारका माग माथि छलफल गर्न त्रिपक्षीय वार्ता हुने भएको छ । गोर्खा सत्याग्रह संयूक्त संघर्ष समितिका अनुसार बेलायत सरकार, नेपाल सरकार र आन्दोलनरत भूपू गोर्खा बीच त्रिपक्षीय वार्ता हुन लागेको हो । सत्याग्रह समितिले आइतवार एक विज्ञप्ति जारी गर्दै त्रिपक्षिय वार्ता आगामी केहि हप्ता भित्रै आयोजना हुने जनाएको छ ।

विज्ञप्तिको पूर्ण विवरण

श्रीमान अध्यक्ष ज्यू
• बि.जी.डब्लु.एस.
• गेसो
• यु.बि.जी.एन.
• नेसा
• बिगेसो
• सम्पुर्ण गोरखा समुदाय

बिषय : बिशेष बैठकमा उपस्थित हुने बारे ।

महोदय :
उपर्युक्त सम्बन्धमा, गोरखाहरुको करिब ३ दशक लामो समानताको आन्दोलनक्रममा, गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति – युके / नेपालको निर्णायक एवं बलिदानी पूर्ण संघर्षका कारण गोरखाका मुद्धाहरु नेपाल सरकार, बेलायत सरकार र गोरखा सत्याग्रहको त्रिपक्षीय वार्ता द्वारा समाधान गर्न बेलायत सरकार र नेपाल सरकारले तत्परता देखाएकाछन । त्यसका लागि बेलायत सरकार द्वारा आयोजना हुने त्रिपक्षीय वार्तामा “गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिलाई” आव्हान गरिएकोले, वार्ताका एजेण्डा का बिषयमा गम्भीर छलफल गरि साझा धारणा निर्माणगर्न सम्पुर्ण जिम्मेवार गोरखा जन्य संघ संस्थाहरु उपस्थित हुन अत्यावश्यक भएकाले यो बिशेष जानकारीका साथ अनुरोध पत्र सम्प्रेशण
गरिएकोछ ।
निम्न मिती, समय स्थानमा आयोजित बिशेष बैठक द्वारा वार्ताका एजेण्डाहरु बुँदागत रुपमा गोरखा संघ संस्थाहरु एवं उपस्थित आम गोरखाहरु माझ छलफल गरी अनुमोदन गर्ने र वार्ताका लागि प्रतिनिधि र विज्ञहरु समेत चयन गरिने भएकाले सबै संस्थाहरु र मातहतका आफ्ना सदस्यहरु सबैलाई उपस्थीत गराउन हुन पनि अनुरोध गरिन्छ ।

त्रिपक्षिय वार्ता (नेपाल सरकारका प्रतिनिधि, बेलायत सरकारका प्रतिनिधि र गोरखा सत्याग्रहका अर्थात गोरखा प्रतिनिधिहरु) आगामी केहि हप्ता भित्रै आयोजना हुने, नेपाल सरकारका परराष्ट्र मन्त्रालय बाट जानकारी प्राप्त भएकाले यो आपतकालिन बिशेष बैठक आव्हान गरिएकोछ।

त्यसैले, यो गोरखा आन्दोलनको ईतिहासमा पहिलो चोटि प्राप्त अवशर र चुनौतीलाइ हामि सबैको बुद्धि विवेक, क्षमता र दक्षताको समायोजन बाट भर्पुर सदुपयोग गरि बेलायति सरकार बाट भएको दुईसय वर्ष लामो बिभेदको समुल अन्त्य गर्न चुक्न हुदैन ।

अन्त्यमा, यो बिशेष बैठक को मह्त्वलाई हृदयंगम गरि आफ्ना श्रीजनात्मक विचारका साथ अनिवार्य उपस्थित हुन र सम्पुर्ण आफ्न सम्पुर्ण सदस्यहरुलाइ समेत उपस्थित गराउन हार्दिक अनुरोध गरिन्छ ।

मिति : २२ अक्टोबर २०१६ (सनिबार)
समय : बिहान ११:३०
स्थान : एम्पायर हल अल्डरसट

द्रष्टब्य :
कुनै पनि गोरखा संस्थाहरुले तथा गोरखाहरुले व्याक्तिगत रुपमा, उक्त विशेष बैठकमा अनुपस्थित रही, पछिबाट बैठकका निर्णय साथै वार्ता र वार्ताका परिणामका बिषयमा टिका टिप्पणि वा बिरोध गरे यसै पत्रलाई सार्वजनिक प्रमाणका रुपमा लीइनेछ ।

सूर्य नेम्बाङ ज्ञानराज राइ. सन्तोष थलङ
का. संयोजक – युके अभियान निर्देशक. प्रमुख संयोजक – युके/नेपाल
07525 729585. 07772 302480. 07961830312

गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति
युके / नेपाल
मिति: १५ अक्टोबर २०१६

पत्र प्रती :
• बि.जी.डब्लु.एस.
• गेसो
• यु.बि.जी.एन.
• नेसा
• बिगेसो
• सम्पुर्ण गोरखा समुदाय
बोधार्थ :
• सत्याग्रह – नेपाल
• सत्याग्रह – हङकङ
• सत्याग्रह – अष्ट्रेलिया