१३ बैशाख २०८१, बिहीबार
Follow Us

उद्योगपति दिवाकर गोल्छा रहेनन्, काँग्रेसले दियो श्रद्धाञ्जलि

sarusaru
२७ चैत्र २०७५, बुधबार ०५:५०

काठमाडौं–पूर्व सांसद एवं उद्योगपति दिवाकर गोल्छाको निधन भएको छ ।
उनको मंगलबार राति भारतको चेन्नईमा उपचारका क्रममा निधन भएको हो ।
उनी मृगौला सम्बन्धी समस्याबाट पीडित थिए ।
स्वर्गीय गोल्छा २०६४ को संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट सभाषद् थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष समेत रहेका स्वर्गीय गोल्छा नेपालको औद्योगिक क्षेत्रमा एक सम्मानित व्यक्तित्व थिए ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले उनको निधनबाट नेपालको औद्योगिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतिलाई गुमाउनु परेको बताएका छन् ।

साथै, उनको आत्माको चीर शान्तिको कामना गर्दै उनका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।