१२ बैशाख २०८१, बुधबार
Follow Us

सुनको भाउ घट्यो

sarusaru
२७ चैत्र २०७५, बुधबार ०७:२०

काठमाडौं– बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा रु २०० घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलामा २ सय घटेर ६० हजार १०० मा कारोबार भइरहेको हो ।
यस्तै तेजावी सुन तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ। यस्तै चाँदी आज तोलमा रु ७३० मा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी तोलमा रु ७४० थियो ।