२८ बैशाख २०८१, शुक्रबार
Follow Us

बागलुङमा एकापसमा मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते

sarusaru
२७ चैत्र २०७५, बुधबार ११:५४

बागलुङ । बागलुङ नगरपालिका–६ गैरीखेतमा मोटरसाइकल एकापसमा ठोक्किँएका छन् ।

बुधबार बिहान पञ्चकोट जाँदै गरेको ध१प ६०७ नम्बरको मोटरसाइल र विपरित दिशाबाट आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल एकापसमा ठोक्किँएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पञ्चकोट जाँदै गरेकाे माेटरसाइकलमा सवार बागलुङ नगरपालिका –१ वर्ष १९ का शरुण भण्डारी घाइते भएका छन् । विपरित दिशाबाट आएको मोटरसाइकल भने ठाेकिँएपछि भागेको प्रहरीले जनाएको छ ।
भण्डारीकाे धाैलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि पोखरा रेफर गरिएको अञ्चल अस्पतालका डा. रञ्जित सापकोटाले नयाँ विश्वलाई जानकारी दिए ।

फरार व्यक्तिको खाेजि भइरहेकाे प्रहरीले जनाएकाे छ ।

नयाँविश्वबाट