१३ बैशाख २०८१, बिहीबार
Follow Us

एटिएम फोडी चोरी गर्ने क्रममा पक्राउ

sarusaru
२७ चैत्र २०७५, बुधबार १३:४१

काठमाडौं, २७ चैत
काठमाडौं महानगरपालिका-३१ तिनकुनेस्थित एनसिसि बैंकको शाखा कार्यालयमा रहेको एटिएम मेसिन फोडी चोरी गर्ने क्रममा सोही महानगरपालिका-३२ बस्ने रामेछापका १८ वर्षीय विशाल तामाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशालको साथबाट प्रहरीले एटिएम मेसिन फुटाउन प्रयोग गर्ने हतौडा १ थान, फलामको छिनो १ थान र मार्तोल १ थान समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।