१३ बैशाख २०८१, बिहीबार
Follow Us

आदिवासी जनजाति पत्रकार महासंघ युकेमा भाँडभैलो, २ जनाले दिए राजीनामा

नेपालब्रिटेन डट कम्
२७ चैत्र २०७५, बुधबार २०:२३

लण्डन– नेपाल आदिबासी पत्रकार महासंघ (फोनिज) यूकेमा विवाद देखिएको छ । नेतृत्वकाे कार्यशैलीको विरोध गर्दै २ जनाले राजीनामा दिएपछि विवाद छताछुल्ल भएको हो ।
स्रोतका अनुसार महासचिव खुसीमान लिम्बु र सदस्य विमला लिम्बुले विवादकै राजीनामा दिएका हुन् । उनीहरुले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपनि अध्यक्ष प्रमिला लाबुङ राइको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।
राजीनामा दिने लिम्बुद्वयले लिम्बु पत्रकार संघ बेलायत बाट फोनिजमा प्रतिनिधित्व गरेका थिए ।

फोनिज यूकेमा सुरुदेखिनै विभिन्न किसिमका विवाद रहँदै आएको थियो ।

हेर्नुस् राजीनामा पत्रः