१६ चैत्र २०८०, शुक्रबार
Follow Us

स्वर्गीय बिष्णु कुमारी बुढाथोकीप्रति श्रद्धाञ्जली अर्पण

नेपालब्रिटेन डट कम्
१ कार्तिक २०७३, सोमबार ०७:३०

रुकुमकोट, रुकुममा जन्मिएर हाल युकेको वाटफोर्ड अस्पतालमा हेल्थ केयर एसिस्ट्याण्टको रुपमा कार्यरत बिष्णुकुमारी बुढाथोकी (मेरी क्षेत्री) को गत बुधबार ३९ बर्षको अल्पायुमै निधन भएको छ। गत ३० सेप्टेम्बर दिउसो ३ बजे तिर अचानक हृदयाघात भएपछि उहाँलाई हेयरफिल्ड अस्पताल लगिएको थियो | अचेत अवस्थामा अस्पताल पुग्नु भएकी बुढाथोकीलाई लाइफ सपोर्ट मेसिनमा राखेर डाक्टरहरुले २-३ पटक मुटुको शल्यक्रिया समेत गरेका थिए |

उहाँका एक छोरा र एक छोरीलाई नेपालबाट बोलाउन रुकुमकोटकै वीरप्रसाद घर्तीमगर र अन्य सहृदयी व्यक्तिहरुले सहयोग गर्नुभएको थियो। दुबै छोराछोरी आइपुगेको एक दिनपछि १२ अक्टोबरको बिहान उहाँको निधन भयो।

लण्डनमा बसोबास गर्ने राप्तिवासीहरुले यो वर्षको दशै भेटघाट कार्यक्रम रद्द गरी शनिबार, १५ अक्टोबरका दिन उहाँको सम्मानमा दिप प्रज्वलन गरी एउटा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन्।
राप्ती समाज युकेका अध्यक्ष हिक्मत सिं रोकामगरले श्रीमती बिष्णुकुमारी बुढाथोकीको असामयिक निधनप्रति दुख व्यक्त गर्दै उहाँको परिवारलाई सघाउन अपील गर्नुभएको छ। उहाँको परिवारलाई सघाउन चाहनुहुनेहरुले माला घर्तीमगरलाई 07825789615 मा संपर्क गर्न समाजले अनुरोध गरेका छ।