८ बैशाख २०८१, शनिबार
Follow Us

नेकपाको मुख्यालय सुनसान, नेताको दैलोमा कार्यकर्ता

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७५, बिहीबार ०२:३३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको कार्यालय धुम्बाराहीमा नेता र कार्यकता जान छोडको छन् । पार्टी एकीकरण हुनुपूर्व भिडभाड हुने पार्टी कार्यालय पार्टी एकीकरण भएपछि सुनसान बनेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

पार्टी एकता भएको एघार महिना वितिसक्दा समेत नेता र कार्यकर्ताहको जिम्मेवारी बाँडफाँड नहुँदा पार्टी कार्यालयमा कार्यकता आउन छोडका छन् । पार्टी कार्यालयमा महासचिव विष्णु पौडेल, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ बाहेकका नेताहरु विरलै आउने गरेका छन् ।

पार्टी एकीकरणमा ढिलाई हुँदा कार्यलय सुनसान भएको छ भने नेताहरुको घरमा भिडभाड बढेको छ । सचिवालयमा रहेको नेताहरुको घरमा भने बिहानदेखि नै कार्यकर्ता भेटघाटको लागि जाने गरेका छन् ।

सचिवालमा रहेका वरिष्ठ नेताद्धय माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको बैठक बालुवाटारमा नभई पार्टी कार्यालयमा बस्नु पर्ने अडान लिएपछि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाएका थिए । त्यसयता पार्टी कार्यालयमा कुनै पनि बैठक बसेको छैन् ।

पार्टी कार्यालयमा अध्यक्षद्धय बस्ने कार्यकक्ष बाहेक अन्य सचिवालयका नेताहरु कहाँ बस्ने भन्ने टुंगा लाग्न सकेको छैन् । पार्टी एकीकरण भएपछि नेताहरुलाई पार्टी कार्यालय समेत विरोनोजस्तै लाग्न थालेको छ ।

पार्टीको सचिलाय बैठक भने प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने गरेको छ । माधव नेपाल पक्षले भने पार्टीको सबै बैठक पार्टी कार्यलयमा हुने पर्ने माग गर्दै आएको छ । तर सचिवालयको बैठक भने वालुवाटरबाटै सञ्चालन हुँदै आएको छ । पार्टी कार्यालमा नेताहरु नभेटिने भएपछि कार्यकर्ताहरु आफ्नो गुनासो लिएर नेताको दैलो ढकढक्याउन बाँध्य भएका छन् ।