१४ बैशाख २०८१, शुक्रबार
Follow Us

८ महिनामा ५५० भन्दा बढी श्रमिकको मृत्यु

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७५, बिहीबार ०२:३५

काठमाडौँ ।वैदेशिक रोजगारको लागी विदेश गएका नेपाली कामदारमध्ये यो वर्ष साउनदेखि चैत्र २१ गते सम्म ५ सय ५३ जनाको ज्यान गएको छ । यसमा पुरुषको संख्या अत्यधिक (५ सय ३६) र महिलाको संख्या १७ रहेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

विगत ८ महिनाको अवधिमा मलेशिया जाने धेरै (१ सय ६३) जनाको मृत्युको भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्याङ्कले देखाएको छ ।
मलेशीयामा विरामी भई २९, आत्महत्याबाट २६, सडक दुर्घटनाबाट १५ र कार्यस्थलमा दुर्घटनाबाट २० जनाले जीवन गुमाउनुपरेको छ ।

साउदी अरेवीयामा १ सय ४९ र कतारमा ९९ जना कामदारको मृत्यु भएको छ । साउदीमा सडक दुर्घटनाबाट ४७, प्राकृतिक रुपमा ४१ जना र आत्महत्याबाट १३ जनाको मृत्यु भएको छ ।

कतारमा मृत्यु÷प्राकृतिक मृत्युमा २२, आत्महत्याबाट १५, सडक दुर्घटनाबाट १४ र कार्यस्थलमा दुर्घटनाबाट १४ जना जनाले ज्यान गुमाएका छन् ।