१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सांसदसहित सिआइबीलाई ज्यान मार्ने धम्की दिने दुई जना पक्राउ

sarusaru
२८ चैत्र २०७५, बिहीबार ०३:०६

काठमाडौँ । प्रहरीले सामाजिक सञ्जालका साथै मोबाईल मेसेज र फोनमार्फत धक्की दिई रकम माग गर्ने दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तिलकदाश पराजुली र प्रदिप रोकाया रहेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजको टोलीले हुम्ला सर्केगाड– ७ का १९ वर्षीय प्रदिप रोकायालाई चैत १२ गते टोखाबाट र झापा कचनकवल– ३ पथरियाका २९ वर्षीय तिलकदाश पराजुली चैत २५ गते बालाजुबाट पक्राउ गरेको हो।

उनीहरुले उनीहरुले झापाबाट निर्वाचित प्रतिनिधि सांसद राजेन्द्र लिङ्देन र सिआईबिसहित विभिन्न मानिहरुलाई धम्की दिएका थिए। उनीहरुले ह्वाट्सएप मेसेज, मोबाईल मेसेज र फोनसमेत गरि रकम माग गर्ने गरेका थिए। अनुसन्धानका क्रममा उनीहरुले माग गरेको रकम नदिएमा गोप्य भिडियो बनाई वेईज्जत गरिदिने र ज्यान मार्ने धम्कीसमेत दिँदै आएको खुल्न आएको प्रहरीले जनाएको छ।

उनीहरुले धम्की दिने बेलामा स्पष्ट नेपाली र हिन्दी भाषा नबोली मिश्रित भाषा प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ।

धम्की दिन प्रयो गरेको उनीहरुको उक्त सिमकार्ड चैत २ गते डीजे ईन्टरनेशनल सामाखुशिबाट लिएका थिए। उक्त डीजे ईन्टरनेशनलले सो सिम परि पक्राउ गरेका पराजुलीलाई दिएको अनुसन्धानमा खुल्न आएको छ।
नेपाल समाचारपत्र