१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दार्चुला र महोत्तरीमा २ जनाको शव फेला

sarusaru
२८ चैत्र २०७५, बिहीबार ०३:१७

काठमाडौं । दार्चुला, मार्मा गाउँपालिका ३ बिटुलेस्थित चमेलियाजल बिद्युत आयोजनाको ड्याममा हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिलाको शव बुधबार बिहान फेला परेको छ।

त्यस्तै महोत्तरी जलेश्वर नगरपालिका ८ स्थित रातो खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको शव बुधबार बिहान फेला परेको छ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
डिसी नेपाल