७ बैशाख २०८१, शुक्रबार
Follow Us

विप्लवलमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन अनुरोध

sarusaru
२८ चैत्र २०७५, बिहीबार ०६:५७

काठमाडौं–अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्सवादी—लेनिनवादी) ले नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि केपी ओली सरकारले लगाएको प्रतिवन्ध हटाउनका लागि अनुरोध गर्दै पत्र पठाएको छ ।

अस्ट्रेलिया कम्युनिस्ट पार्टी (माक्र्सवादी—लेनिनवादी) का अध्यक्ष निक जीले ओलीको नाममा लेखेको पत्रमा भनिएको छ, ‘हामी आदरपूर्वक अनुरोध गर्दछौं, नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका क्रियाकलापमाथि लगाएको प्रतिवन्धलाई हटाइयोस् ।