१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन अल्गार्वको सकृयतामा भाषाकक्षा संचालन हुने

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७५, बिहीबार ०७:३७

अल्गार्व । गैरआवासीय नेपाली संघ प्रोतुगल अलगार्व क्षेत्रिय समन्वय समितिको सकृयतामा प्रोतुगिस भाषा कक्षा संचालन हुने भएको छ । संघको क्षेत्रिय अध्यक्ष अनिल शर्माका अनुसार यहाँस्थित नेपाली आप्रवासीको दक्षता बढाउने उदेश्यले सो भाषा कक्षा संचालन गरिन् लागिएको हो । नेपालबाट बिभिन्नि कामको सिलसिलामा यो क्षेत्रमा आउने नेपाली समुदायतले भाषाको समस्या भोग्दै आए पछि एनआरएनएले सकृयता देखाएको हो ।

बुधवार अलबुफेरास्थित सरकारी अधिकारीहरुसंग भएको बैठकले आगामी २३ अप्रिलबाट सो भाषा कक्षा संचालन हुने निर्णय भएको हो । नेपाली समुदायको लागि भाषा कक्षा निशुल्क हुने एनआरएनएले जनाएको छ । शर्माका अनुसार करिब ३ सय नेपालीहरु सो भाषाकक्षाबाट लाभान्दित हुने भएका छन् । अल्गार्व क्षेत्रमा मात्र करिब ५ हजार नेपालीहरुको बसोबास गर्दै आएको अनुमान गरिएको छ ।