११ बैशाख २०८१, मंगलवार
Follow Us

प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको सरकारको स्पष्टीकरण

sarusaru
२८ चैत्र २०७५, बिहीबार ११:४३

सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको स्पष्टिकरण दिएको छ ।

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको प्रष्टयाउनु भएको हो । प्रधानमन्त्री निवासको जग्गा नेकपाका महासचिव विष्णु पौडेललगायतले किनेको भन्ने समाचार बाहिर आएपछि सरकारका प्रवक्ता समेत रहनु भएका उहाँले सो जग्गा किनबेच नभएको स्पष्ट पार्नु भयो । बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले शारदाप्रसाद त्रिताल नेतृत्वको छानवीन समितिले दिएको सुझावको आधारमा प्रधानमन्त्री निवास नजिकैको ललिता निवासको जग्गाको विक्रीवितरणमा पनि रोक लगाइएको पनि स्मरण गराउनु भयो ।

मन्त्री बास्कोटाले सरकार कुनै पनि सार्वजनिक वा सरकारी जग्गाको संरक्षण गर्न प्रतिवद्ध रहेको पनि बताउनु भयो । उहाँले नेकपाका महासचिव पौडेलले सो जग्गा किनबेचमा फर्जी नगरेको बरु आफै ठगिएको पनि स्पष्ट पार्नु भयो ।