१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गच्छदारले बुझाए निधिलाई २५,४६८ क्रियाशिल सदस्यको विवरण

sarusaru
२८ चैत्र २०७५, बिहीबार १२:४२

काठमाडौं–नेपाली काँग्रेसको पार्टी एकता सम्बन्धी आवश्यक कार्य गर्नका लागि गठित समायोजन समितिको बैठक पार्टी उपसभापति एवं समायोजन समितिका संयोजक विमलेन्द्र निधिको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ ।

आजको बैठकमा पार्टी उपसभापति एवं तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले तत्कालीन नेपाल लोकतान्त्रिक फोरममा रहेका देशभरका २५,४६८ जना क्रियाशील सदस्यका साथै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको नामावली सहितको विवरण पार्टी निधिलाई हस्तान्तरण गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको गत कार्तिक २० गतेको बैठकको निर्णय अनुसार, कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनीक संरचना, भ्रातृ संघ एवं शुभेच्छुक संस्थाको समायोजन गरी एकता गर्ने निर्णय भएको थियो ।