१३ बैशाख २०८१, बिहीबार
Follow Us

न्यायाधीश सिफारिसमा परिषदसँग कारण माग

sarusaru
२९ चैत्र २०७५, शुक्रबार ०४:३४

काठमाडौं : सर्वोच्च र उच्च अदालतका न्यायाधीश सिफारिसलाई लिएर सर्वोच्च अदालतले न्याय परिषदसँग लिखित कारण माग गरेको छ ।

सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले बिहीबार परिषदसँग कारण माग गरेको हो । सर्वोच्चका लागि पाँच न्यायाधीश र उच्च अदालतका लागि १८ जना न्यायाधीश सिफारिस गर्दा संविधान अनुरुपको समावेशी र समानुपातिक नभएको प्रश्न उठाउँदै भक्तबहादुर विश्वकर्मालगायतले बुधबार सर्वोच्चमा रिट दिएका थिए ।

रिटमा न्यायाधीशका लागि संविधान, न्याय परिषद ऐन र नियमावलीले तोकेको योग्यता, दक्षता, चरित्र र बिषयवस्तुको अनुभवसमेत नहेरिएको प्रश्नसमेत उब्जाइएको थियो ।
अन्नपूर्ण पोष्ट