१२ बैशाख २०८१, बुधबार
Follow Us

सुवेदी एनआरएन अमेरिकाको उपाध्यक्ष पदमा उम्मेदवार

नेपालब्रिटेन डट कम्
२९ चैत्र २०७५, शुक्रबार १५:३७

सुरेश कोइराला। बाल्टिमोर। शिकाको–सानैदेखि समाज सेवामा समर्पित मृदुभाषी र बौद्धिक व्यक्तित्वका धनी बुद्धि सुवेदीले एनआरएनए एनसीसीको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । एनआरएनसँगै ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल नारा लिएर एनआरएनए प्रवेश गरेका सुवेदीको समाजसेवाको यात्रा नेपालमामात्र खुम्चिएन । उहाँले अमेरिकामा पनि समाजसेवालाई उत्तिकै निरन्तरता दिनु भयो ।
काममा परिपक्व, सिपमा निपुर्ण, दक्षता÷क्षमतामा विश्वास राख्ने, सहयोगी र समाजसेवीको रूपमा छुट्टै पहिचान बनाएका सुवेदीको उम्मेदवारीलाई प्रवासी नेपालीहरूले सही पदमा उपयुक्त व्यक्तिको संज्ञा दिएका छन् । ‘हरेक नेपालीको हित र संस्कृतिको जगेर्ना गर्नु नै उहाँको मुख्य उद्देश्य हो,’ उनले भने ।
चितवनको माडी हुँदै २००३ सालमा अमेरिका पुगेर मेरिल्याण्डलाई कर्मथलो बनाएका सुवेदीसँग त्यतिबेला दुई वटा विकल्प थिए । उहाँ विजनेशलाई प्राथमिकतामा राखेर अघि बढ्नु भयो । सुरुवाती दिनमा सामाजिक काममा त्यति अग्रसर हुन नसके पनि पछिल्ला वर्षमा विजनेश र सामाजसेवालाई एक्कै साथ अघि बढाउन आफू सक्षम भएको उहाँले बताउनु भयो ।
अमेरिकामा पहिलो पटक स्टेट च्याप्टर दर्ता गरेर उहाँले व्यवसाय गर्न कानुनी ढोका खोलेका थिए । उहाँँकै पहलमा मेरिल्याण्ड च्याप्टर पहिलो रजिष्टर च्याप्टर बनेको हो ।
स्याङजा जिल्ला तत्कालिन टक्सार गाविस नूवारको सामान्य परिवारमा जन्मनु भएको सुवेदीले सन् २०१२ देखि विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आउनु भएको छ । त्यसयता देवघाटमा रहेको वृद्धाआश्रममा प्रत्येक वर्ष सहयोग गर्दै आउनु भएको छ । २०७२ सालको भूकम्पका बेला उहाँले फक्स भ्यालीबाट राहत संकलन गरी नेपालीलाई सहयोग गर्नु भएको थियो ।
सुवेदीको सामाजसेवाको यात्रा स्वदेश तथा नेपालीमामात्र सीमित रहेन । उहाँले अमेरिका स्थित एक गैरनाफामूलक संस्थामार्फत अफ्रिकाका भोकमरीहरूलाई प्रत्येक वर्ष सहयोग गर्दै आउनु भएको छ । साथै यहिको एक विद्यालयमा दुई जनालाई छात्रवृत्ति समेत उपलब्ध गराउँदै आउनु भएको छ ।
अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्न उहाँले छुट्टै कोष समेत स्थापना गर्नु भएको छ । १० हजार अमेरिकी डलरको कोष बनाउने पवित्र उद्देश्यका साथ सुरु भएको कोषमा अहिले दुई हजार तीन सय डलर संकलन भएको छ ।
व्यवस्थापन र शिक्षाशास्त्रमा स्नाकोत्तर गरेका सुवेदीले त्रिविअन्तर्गतको शिक्षाशास्त्र संकायमा उपप्रध्यापक जस्तो प्राज्ञिक पद्मा समेत काम गरेका थिए ।