१४ बैशाख २०८१, शुक्रबार
Follow Us

शाहको उम्मेदवारी प्रति अमेरिकामा चासो

नेपालब्रिटेन डट कम्
२९ चैत्र २०७५, शुक्रबार १५:४०

सुरेश कोइराला। बाल्टिमोड। कर्मथलो अमेरिकालाई औधी माया गर्ने सुनिल शाह नेपाल र नेपालीलाई विश्वमाझ चिनाउने दृढ शंकल्पका साथ चुनावी मैदानमा उत्रनु भएको छ । हरेक नेपालीको सुख, दुःख र पीडा बाड्ने साझा चौतारीको रुपमा एनआरएनएलाई अघि बढाउन उहाँले उक्त संस्थाको अध्यक्ष पदमा उम्मेदवारी दिन लाग्नु भएको हो । हाल शाहले एनआरएनएको वरिष्ठ उपाध्यक्ष जस्तो गरिमामय पदको कार्यभार सम्हाल्दै आउनु भएको छ ।
संस्थाप्रति प्रतिवद्ध भएर यसको उन्नती र प्रगतिको लागि अहोरात्र खटिने शाहको उम्मेदवारी संस्थागत विकासको लागि भिष्म प्रतिज्ञा जस्तै हुनेछ । नेपाल र नेपालीत्वको नाता अनि भाइचारा कायम राख्न सदैव कटिवद्ध शाहको शंकल्प भनेको नै हरेक नेपालीको सुख र समृद्धि हो । एनआरएनएलाई राम्रो र हाम्रो बनाउने उहाँको तिव्र र विशाल चाहना छ ।
‘एनआरएनएले अमेरिकामा बस्ने सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्छ,’ उहाँले भन्नु भयो ‘ हामी नेपाली जहाँ भएपनि नेपाली हौं ।’ देशको माया र ममता सबैलाई उत्तिकै छ । नेपाल र नेपालीको दीर्घकालीन विकास र यसको सम्वद्र्धनमा म समर्पित हुन चाहन्छु ।’
अमेरिकाभरी छरिएर रहेका सबै जातजाति, धर्म र लिङ्ग समेटेर एउटै साझा चौतारी बनाउने उहाँको ठूलो सपना छ । सपनालाई साहाकार पर्न उहाँले अमेरिकाभरि छरिएर रहेका नेपालीलाई एउटै मालामा गाँस्ने हुनुभएको छ । विविध विचार र उद्देश्य बोकेका कर्मठ र शाहासी नेपालीको साझा थलो रुपमा एनआरएनएलाई विकास गर्ने अठोटका साथ उहाँ चुनावी मैदानमा उत्रनु भएको हो ।
उहाँले अध्यक्ष पद्को उम्मेद्वारी दिने निर्णयले अमेरिका भित्र रहेका सामाजिक संघ संस्थाका अभियान्ता लव्ध प्रतिष्ठित व्यक्तिहरूले समेत बढोे चासोका साथ लिएका छन् ।