११ बैशाख २०८१, मंगलवार
Follow Us

सरकारविरुद्ध १० दलको मोर्चा

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७५, शनिबार ०३:१२

काठमाडौँ — नेपाली कांग्रेसलगायत अन्य १० वटा दलले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने चेतावनी दिएका छन् । ती दलका विद्यार्थी संगठनले शुक्रबार राजधानीमा आयोजना गरेको ‘समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषयक विचार गोष्ठी’ मा नेताहरूले सरकार जनताको चाहनाविपरीत चलेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ओली नेतृत्वको सरकारले जताततै हस्तक्षेप गरिरहेको आरोप लगाए । अधिनायकवादी सरकारविरुद्ध सत्ताबाहिरका दलले मोर्चार्बन्दी गर्नुपर्ने उनले बताए । ‘सरकारले वार्ताको साटो धरपकडको बाटो लिएको छ, देश टुक्र्याउनेसँग वार्ता गरेर जनमतसंग्रह भन्छ,’ उनले भने, ‘कहाँ छ यिनको राष्ट्रवाद र देशभक्ति ?’

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले ओली सरकार फाँसीवादी भएको आरोप लगाए । सीके राउत र सरकारबीच भएको सम्झौता रहस्यमय भएको उनले बताए । कान्तिपुर दैनिकमा खबर छ ।