७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रदेश २ लाई ६ स्वर्ण

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७५, शनिबार ०९:४८

प्रदेश नं. २ ले आठौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष कुस्ती प्रतियोगितामा ६ स्वर्ण हात पार्दै अग्र स्थानमा रह्यो । प्रदेश २ ले ५७ केजी, ६१ केजी, ६५ केजी, ७९ केजी, ९२ केजी र १२५ केजीमा स्वर्ण हात पारेको हो । १० स्वर्णका लागि भएको प्रतियोगितामा प्रदेश ५ ले ७४ केजी, ८६ केजी र ९७ केजीमा गरि तीन र नेपाली सेनाले ७० केजीमा एक स्वर्ण हात पा¥यो ।

प्रदेश २ का नरेश यादवले ५७ केजीमा स्वर्ण हात पारे । उनले नेपाली सेनाका तिलक देउजालाई पछाडी पारे । तेश्रो स्थानमा प्रदेश ७ का पारश चन्द र प्रदेश ६ का दीपक बुढा रहे । यस्तै ६१ केजी तौलमा प्रदेश २ का जयमंगल यादवले प्रदेश ३ का जादुलाल यादवलाई पछाडी पार्दै स्वर्ण हात पारे । नेपाल प्रहरीका भागवत शाह र प्रदेश ७ का अर्जून गुरुङ्खले कास्य पाए । ६५ केजीमा नेपाल प्रहरीका रितेश प्रसाद यादवलाई पराजित गर्दै प्रदेश २ का १२ औं साग कास्य धारी सरोज यादवले स्वर्ण हात पारे । प्रदेश ६ का सोनाम रावत र प्रदेश ३ का शैलेन्द्र कुमार यादवले कास्य पाए । ७९ केजी तौलमा प्रदेश २ का पुन्नीलाल राउतले स्वर्ण पाए । प्रदेश ३ का सुनिल कुमारा साहले रजत र प्रदेश ७ का विकास चन्द र प्रदेश ५ का जोगेन्द्र यादवले कास्य पाए । ९२ केजी तौलमा प्रदेश २ का सुमिर साहले नेपाल प्रहरीका सागर कुमार यादवलाई पराजित गर्दै स्वर्ण हात पारे । प्रदेश ५ का कमरुद्धिन मियाले कास्य पाए । १२५ केजी तौलमा प्रदेश २ का राज यादवले प्रदेश ७ का करण भट्टलाई पराजित गर्दै स्वर्ण हात पारे । नेपाल प्रहरीका रामधारी प्रसाद यादवले कास्य पाए । प्रदेश ५ का बैजानाथ यादवले स्वर्ण हात पार्दा प्रदेश २ का मुक्तार आलमले रजत पाए । तेश्रो स्थानमा नेपाल प्रहरीका अब्दुल्ला मिया र प्रदेश ७ का भुवन चन्द रहे । यस्तै ८६ केजीमा प्रदेश ५ का भुवनेश्वर यादवले प्रदेश ७ का संजय तीखावरीलाई पराजित गर्दै स्वर्ण प्राप्त गरे । नेपाल प्रहरीका सविन्द्र प्र. यादव र प्रदेश १ का श्रीलाल राजबंशीले कास्य पाए । यस्तै ९७ केजीमा प्रदेश ५ का रमेश गोतामेले स्वर्ण, प्रदेश २ का सन्दिप कुमार यादवले रजत र नेपाल प्रहरीका श्याम पटेलले कास्य पाए । सुरेश चुनाराले ७० केजीमा पुरुष तर्फ एक मात्र स्वर्ण दिलाए । उनले प्रदेश २ का मनोज प्रसाद यादवलाई पराजित गरे । तेश्रो स्थानमा प्रदेश ५ का फसिल राउत गरी र नेपाल प्रहरीका दिपेश राउत कँवर रहे ।

महिला तर्फ अघिल्लो दिन महिला तर्फ तीन स्वर्ण हात पारेको प्रदेश ७ ले कुलमा ६ स्वर्ण हात पा¥यो । प्रदेश ७ की निरा आउजीले ६५ केजीमा स्वर्ण हात पारिन् । दोश्रो स्थानमा सेनाकी सुमित्रा मगर र तेश्रो स्थानमा पृजिन्ता तामाङ्ख रहिन् । यस्तै ७ नं प्रदेशलाई स्वर्ण दिलाउने क्रममा ६८ केजी तौलमा विमला सुनारले स्वर्ण हात पारिन् । पुलिसकी निर्मला जागरीले रजत र प्रदेश ५ का शान्ति चौधरीले कास्य पाईन् । यस्तै ७२ केजीमा लक्ष्मी खत्रीले स्वर्ण, पुलिसकी रेखा रावलले रजत र प्रदेश १ की सदिक्षा राईले कास्य पाईन् । यस्तै सेनाकी सुशिला चन्दले ६२ केजीमा स्वर्ण हात पारिन् । उनले प्रदेश ७ की सपना चन्दलाई पछाडी पारिन् । तेश्रो स्थानमा प्रदेश १ की सिमरन थापा मगर रहिन् । ७६ केजीमा प्रदेश १ की श्रीजासु गिरीले स्वर्ण पाईन् । प्रदेश ५ की लक्ष्मी डिसीले रजत र प्रदेश ७ की मल्लिका चन्दले कास्य पाईन् ।

प्रदेश ७ ले हिजो भएको प्रतियोगितामा ५० केजी, ५३ केजी र ५५ केजीमा स्वर्ण हात पारेको थियो ।

प्रतियोगितामा पुरुष तर्फ रमेश गोतामे र महिला तर्फ प्रदेश १ की श्रीजासु गिरी उत्कृष्ट खेलाडी घोषित भए ।

बिजयी खेलाडीहरुलाई प्रदेश ५ का माननिय साँसद बिष्णु पन्थी, नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानका निर्देशक नविन उप्रती, उप निर्देशक महेन्द्र राई र तुलसी कुमार महर्जन, नेपाल कुस्ती संघका अध्यक्ष नारायणदेव राणा लगायतले पुरस्कार वितरण गरेका थिए ।