१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेकपा (विप्लव) का जिल्ला सेक्रेटरी मल्ल पक्राउ

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७५, शनिबार ०९:५२

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बझाङ सेक्रेटरी भरत मल्ललाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बुबाको उपचार गरी घर फर्किने क्रममा मल्ललाई प्रहरीले बझाङको बित्थडबाट पक्राउ गरेको हो । पुराना कम्युनिस्ट नेता तथा भरतका बुबा धनबहादुर मल्ल दुबै मृगौला फेल भएर बिरामी छन् । बुवाको उपचार गरी घर फर्केका मल्ललाई अपहरण शैलीमा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा पु¥याए पनि प्रहरीले औपचारिक कुनै प्रतिक्रिया नदिएको भन्दै परिवारले चिन्ता व्यक्त गरेका छन् । मल्लको रिहाइको पहल गरिदिन हुन बुबा धनबहादुरले आग्रह गरेका छन् । नेकपा सेती ब्यूरोले पनि मल्लको गिरफ्तारी प्रति आपत्ति जनाउँदै रिहाइको माग गरेको छ ।

यता जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी नायव निरिक्षक मिन बहादुर सिंहले नेपाल सरकार (मन्त्रिपरिषद) ले बिप्लव समुह भनेर चिनिने नेपाल कम्युनिष्ट पार्टी नामको समुहका क्रियाकलाप लाई प्रतिबन्ध लगाएको हुँदा यस समुहमा आवद्ध प्रत्यक्ष, अप्रत्यक्ष रुपमा संलग्न वा सहयोग र्पुयाउने व्यक्ती र समुहलाई समेत पक्राउ गरी कानून बमोजिम कारवाही गर्नु पर्ने भएको हुदा उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए ।