१३ बैशाख २०८१, बिहीबार
Follow Us

आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौति : प्रम ओली

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७५, शनिबार १५:२४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको बताउनुभएको छ ।
बालगुरु आदित्य दाहालको पुस्तक कलियुगको आदित्य एवं ज्योतिपथ पुस्तककाृ अंग्रजी संस्करणको आज विमोचन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो ।
ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य भए पनि आदित्यले स्रोत बिना ज्ञान प्राप्त गर्नु अनौठो बिषय भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “आदित्यसमा बिना स्रोतको ज्ञान प्राप्त भएको छ । विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौति हो ।”
प्रधानमन्त्री ओलीले नेपाल देव भूमि,तपो भूमि र ज्ञान भूमि भएकोल आदित्य जस्ता प्रतिभावानहरुको यहाँ जन्म भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले विश्वका बैज्ञानिकहरुलाई आदित्यसको स्रोत बिनाको ज्ञानका बारेमा अध्ययन गरेर निष्कर्ष दिन पनि आग्रह गर्नुभएको छ ।