६ बैशाख २०८१, बिहीबार
Follow Us

फोटो खिच्न क्रममा तिनाउमा डुबेर मृत्यु

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७५, शनिबार १६:१२

बुटवल– बुटवलको तिनाउ नदीमा डुबेर एक जना किशोरको ज्यान गएको छ ।

पाल्पाको तिनाउ गाउपालिका वडा नम्बर ३ मा रहेको तिनाउ पावर हाउसको ड्याममा फोटो खिच्नेक्रममा बुटवलका १६ बर्षिय सिद्धार्थ शाक्यको ज्यान गएको हो ।

उनी बुटवलको चांदबारीमा बस्दै आएका थिए । ९ जना साथीहरुसंगै रमाइलोसंगै घुम्न भनेर निस्किएका उनले बुटवलको कालिका मानव ज्ञान माबिबाट भर्खरै एसइइ दिएका बताएको छ । उनको खोलामा डुबेर ज्यान गएको दोभान प्रहरी प्रहरी निरिक्षक एक बहादुर नेपालीले बताए ।