११ बैशाख २०८१, मंगलवार
Follow Us

नेदरल्याण्डका वीर्य साट्ने बदमासी डाक्टरको पोल खुल्यो

sarusaru
१ बैशाख २०७६, आईतवार १०:३४

नेदरल्याण्डका एक डक्टरले आफ्ना विरामीसँग गरेको बदमासी प्रमाणित भएको छ ।
निसन्तान जोडिहरुलाई सेवा दिने क्लिनिक खोलेका ती चिकित्सकले आफूकहाँ सेवा लिन आउदाँ विरामीले लिएर आएको वीर्यलाई साटफेर गर्ने गरेको आरोप लागेको थियो । अझ साटिएको वीर्य स्वयम डक्टरको हुने गरेको पनि खुलेको छ ।
जन करबात नाम गरेका चिकित्सकको सन् २०१७ मै मृत्यु भइसकेको थियो । उनको क्लिनिक पनि अनियमितता र अन्य गैरकानूनी मुद्धाका कारण सन् २००९ मै उनी जिउदै छदैं बन्द भइसकेको थियो ।
शुक्रबार सार्वजनिक डीएनए परिक्षणबाट डाक्टरको बदमासीको प्रमाणित भएको हो । फेब्रअरीमा आएको अदालतको एक आदेशपछि एक समाजिक संगठनले निजमेगन शहरमा डीएनए परिक्षण गराएको थियो ।
संगठन आफैमा करबातको क्लिनिकबाट जन्मिएका बच्चा र तिनलाई हुर्काएका अभिभावकहरुको नेतृत्व गर्न गठन गरिएको थियो ।
निसन्तान जोडिको उपचारमा भएको धोकाधडीको यो मामिला यही वर्षको फेब्रुअरीमा एक डच अदालतले गरेको एक फैसलासँगै बाहिरिएको थियो ।
रोटरड्याम जिल्ला अदालतले करबातको क्लिनिकबाट सेवा लिएका अभिभावक र त्यहाँबाट जन्मिएहरुलाई तिनको डीएनए र कारवातको संग्रहित डीएनएलाई दाँजेर हेर्न अनुमति दिएको थियो ।