८ बैशाख २०८१, शनिबार
Follow Us

संसारको सबैभन्दा ठूलो विमानको परीक्षण उडान सफल

sarusaru
१ बैशाख २०७६, आईतवार १०:४०

संसारको सबैभन्दा ठूलो विमानले पहिलो परीक्षण उडान गरेको छ । ‘स्ट्राटोलञ्च’ नाम दिइएको विमानलाई अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको एक मरुभूमिबाट शनिबार उडाइएको थियो ।
लगभग अढाई घण्टा चलेको परीक्षण उडान क्यालिफोर्नियाको मोजावे मरुभूमिमा गरिएको थियो ।
विमानमा ६ वटा बोइङ ७४७ इन्जिन लागेको छ । विमान यति ठूलो छ कि यसको एउटा पखेटा फुटबल मैदानभन्दा ठूलो छ । यसलाई ‘स्केल्ड कम्पोजिट्स इन्जीनियरिङ कम्पनी’ले तयार पारेको हो ।
विमानलाई रकेट लिएर अन्तरिक्षसम्म उडान भर्ने हिसाबले निर्माण गरिएको छ ।