१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन उपाध्यक्ष कुमार पन्त लिस्बनमा

नेपालब्रिटेन डट कम्
१ बैशाख २०७६, आईतवार १३:२९

लिस्बन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त लिस्बन आइपुगेका छन् । आइतवार देखी लिस्बनमा आयोजना हुने दोश्रो नेपाल फेस्टिबलमा सहभागी हुन पन्त आइतवार बिहान यहाँ आइपुगेका हुन् । पन्तको स्वागतको लागि विमानस्थलमा गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिती थियो ।
लिस्बनको मुटु अलमेदा पार्कमा आयोजना हुने महोत्सवलाई भब्य बनाउन यहाँस्थित सरकारी अधिकारी समेत सकृय रुपमा लागि परेका छन् ।
पोर्तुगिसहरु समेत सहभागी गराउन लिस्बन महानगरपालिकाले आफ्नो वेबसाईट, फेसबुक पेज र सार्वजनिक स्थलहरुमा पनि प्रचार सामाग्रीहरु राखी नेपाल फेस्टिबलमा सहभागी हुन आह्वान गरेको थियो ।