८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनएमा जागिएको समस्या समाधान गर्न मेरा उम्मेद्वारीः कँडेल

नेपालब्रिटेन डट कम्
१ बैशाख २०७६, आईतवार १५:४९

न्यूयोर्क–छोटो समयमा कुशल व्यवसायी बन्न सफल बौद्धिक व्यक्तित्वका धनी नारायण कँडेलले एनआरएनएको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी दिनुभएको छ । राजनीतिक चिन्तनका अध्यता कँडेल नेपाल र नेपालीलाई विश्वमाझ चिनाउने दृढ शंकल्पका साथ चुनावी मैदानमा उत्रनु भएको हो । एनआरएनमा देखिएका समस्या समाधान गर्ने उहाँले चुनावी एजेण्डा बनाउनु भएको छ ।
‘अमेरिकामा बसोबास गर्दै आएका नेपालीको साथ र सहयोगबाट निर्वार्चित भए नेपाल र आप्रवासी नेपालीबीच समन्वय गर्ने वातावरण सिर्जना गर्नेछु,’ उनले भने ‘हरेक नेपालीको सुख र समृद्धि मेरो एकमात्र गन्तव्य हुनेछ ।’
नेपाल र नेपालीलाई आर्थिक रुपमा सम्पन्न र सामाजिक रुपमा बलियो आधारतय गर्न एकीकृत परियोजनाहरूको प्रारुप तयार पार्ने उहाँको प्रतिवद्धता छ । ‘सदा नेपालीको हितमा अग्रसर रह्ने म देश विकासको खम्बाको रुपमा एनआरआरएलाई अघि बढाउन म प्रयासरत हुनेछु,’ उहाँले भन्नु भयो । अमेरिकाभरी छरिएर रहेका नेपालीलाई एउटै सुत्रमा बाधेर एकीकृत विकासका खाका कोर्दै संस्थालाई बलियो साझा चौतारी बनाउने उहाँको प्रतिवद्धता छ ।
यतिबेला अमेरिकी नेपाली समाजमा चुनावी माहोल तातिरहेको छ । उहाँ जस्तो क्टनीतिक एवम् तार्किक व्यक्तित्वको उम्मेद्वारीले सम्पूर्ण अमेरिकी नेपाली समाज हर्ष विभोर भएको छ ।
वरिष्ठ उपाध्यक्षका दावेदार कँडेल चुनावी कार्यक्रममा भाग लिन विभिन्न राज्यमा जाँदै हुुनुहुन्छ । आगामी अप्रिल १४ गते बाल्टिमोडमा उहाँको चुनावी प्रचार प्रसारको कार्यक्रम रहेको छ भने अप्रिल २० मा सनफान्स्को, २१ मा लस एन्जलसको क्यालिफोनिया पुग्दै हुुनुहुन्छ । मे ११ देखि १४ सम्म उहाँले न्यूयोर्कदेखि वोष्र्टन, हाम्पसिरलगायतका स्थानमा चुनावी कार्यक्रम सहितको भ्रमण गर्नुहुने भएको छ ।