१३ बैशाख २०८१, बिहीबार
Follow Us

युवा व्यवसायी हेमराज ढकाल सुप्रवल जनसेवा श्री तृतीयद्धारा सम्मानित

नेपालब्रिटेन डट कम्
१ बैशाख २०७६, आईतवार १६:०३

लण्डन। सरकारले संविधान दिवशको अवसर पारेर घोषणा गरेको पदकहरु नयाँ बर्षको दिन राष्ट्रपति कार्यालयबाट बितरण गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पदक पाउनेहरुलाई सम्मान गरेकी छिन्।

आर्थिक, ब्यवसायिक तथा सहकारीसँग सम्बन्धित ब्यक्तिहरुलाई राष्ट्रिय पदक दिइएको हो। आइएमई ग्रुपका हेमराज ढकाल लगायतका उद्यमीहरु समेत पदकद्धारा सम्मानित भएका छन् ।
यसैगरी उद्यमीहरु हरिभक्त शर्मा, हेमराज ढकाल, देविप्रकाश भट्टचन, मीनवहादुर गुरुङ, लोकमान्य गोल्छा र राजेन्द्र मल्ललाई पनि सुप्रवल जनसेवा श्री तृतीय दिइएको छ।

सहकारी आन्दोलनका अगुवा केशव बडाललाई सुप्रवल जनसेवा श्री तृतीय दिइएको छ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई पनि प्रवल जनसेवा श्री चतुर्थ दिइएको छ। यो पदक चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाह, कृषि सहकारीकी मीना ढकाल, उद्यमी निरु पुलामीले पनि पाएका छन्।