१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आगामी बजेटमा बृद्धभत्ता बढ्छ : प्रम ओली

नेपालब्रिटेन डट कम्
१ बैशाख २०७६, आईतवार १६:०५

आगामी बजेटमा बृद्धभत्ता बढ्छ : प्रम ओली

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी बजेटमा बृद्धभत्ता बढाउने घोषणा गरेका छन् ।

ज्येष्ठ नागरिक स्वास्थ्य विमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाता अभियान कार्यक्रमको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् ।

“यो बुढाबुढीको भलो चिताउने सरकार हो ” प्रधानमन्त्री ओलीले भने, “यसपालीको बजेटमा बृद्धभत्ता बढ्छ । ढुक्क भए हुन्छ ।” प्रधानमन्त्री ओलीले २०५१ सालमा तत्कालिन एमालेको सरकारले वृद्ध भत्ता वितरण सुरु गरेपछि नेपालीहरुमा बाँच्ने मनोविज्ञान बढेको बताए ।
“पहिला पहिला बुढाबुढीहरु कति बर्ष पुग्नुभयो भन्दा ६८ बर्ष पुगियो । अब कति बाचिएला र भन्थे ” प्रधानमन्त्री ओलीले भने “यतिबेला बृद्धभत्ता पाउन अब दुई बर्ष बाँकी छ भन्छन् । बृद्धबृद्धाहरुमा जीवनप्रतिको आशा बढेको छ ।”

प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले कसैले भोकै नांगै बस्नु नपर्ने,मागेर खानु नपर्ने बताएका छन् ।
त्यस्तो अवस्थाका असाहयको साहारा सरकार हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य विमा कार्यक्रमले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारमा ठुलो भरथेग गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले केही ज्येष्ठ नागरिकहरुलाई कार्यक्रममा स्वास्थ्य विमा कार्ड वितरण गरेका छन् ।