८ बैशाख २०८१, शनिबार
Follow Us

केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवती पक्राउ

नेपालब्रिटेन डट कम्
१ बैशाख २०७६, आईतवार १७:३३

काठमाडौं– अवैधरुपमा केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवती स्थानीय न्याली मोम्बासाबाट पक्राउ परेका छन् ।
स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार प्रहरीले डान्सबारका मालिक आसिफ जेथा समेतसमेतलाई पक्राउ गरेको छ । नेपाली युवतीहरु काममा खटिएकै बेला प्रहरीले छापा मारी नियन्त्रणमा लिएको जनाइएको छ ।
स्थानीय प्रहरी अधिकारीले मानव तस्करीको आशंकामा जेथामाथि अनुसन्धान भइरहेको छ । महिलाहरु जेथाको डान्सबारमा नर्तकीको रुपमा कार्यरत रहेका थिए ।
यसबारे थप अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ।