१३ बैशाख २०८१, बिहीबार
Follow Us

अल्डरशटमा नयाँ वर्ष यसरी मनाइयो (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१ बैशाख २०७६, आईतवार १९:५३

अल्डरशट । ग्रेटर नेपाली कम्युनिटी युकेले नयाँ वर्ष भव्य रुपमा मनाएको छ । अल्डरशटस्थित एम्पायर हलमा शनिवार साँझ भेला भएका नेपालीहरुले नयाँ वर्षलाई एक विषेश कार्यक्रमको आयोजना गरेर स्वागत गरे । कार्यक्रममा स्थानिय मेयर डेविड किल्फोर्ड, गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामी, काउन्सिलर स्टीभ मास्टरसन लगायतले शुभकामना मन्तव्य दिए । संस्थाका अध्यक्ष जीव बेलवासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मान गुरुङले स्वागत मन्तव्य दिएका थिए । नेपालीहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रममा कलाकारहरु सुनितामी परियार, मदन परियार, लगायतको प्रस्तुती रहेको थियो । कार्यक्रममा स्थानिय कलाकारहरुले बिभिन्न सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।