१२ बैशाख २०८१, बुधबार
Follow Us

विद्यार्थीसँग विलम्ब शुल्कमै चर्को ब्याज

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७६, सोमबार ०२:४८

काठमाडौं – काठमाडौं विश्वविद्यालय (केयू) ले एमबीबीएसलगायत चिकित्सा शिक्षा विषय पढ्ने विद्यार्थीसँग विलम्ब शुल्कमै चर्को ब्याज उठाउने गरेको छ । ब्याजसहित विलम्ब शुल्क नतिरे केयूले इन्टर्नसिपमा फेल गराइदिने गरेको विद्यार्थीको गुनासो छ ।
‘तोकेको शुल्क समयमा नबुझाए लेट फी लिइन्छ,’ केयूको मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थीले भने, ‘लेट फीमा पनि दैनिक ब्याज जोडेर रकम तिर्नुपर्छ ।’ केयूको सम्बन्धन प्राप्त कलेजले एउटै विद्यार्थीबाट ब्याजसहित १० लाखसम्म विलम्ब शुल्क असुलेको भेटिएको छ ।

केयूकै धुलिखेलस्थित स्कुल अफ मेडिकल साइन्सेसमा विलम्ब शुल्कमा दैनिक १५ प्रतिशतका दरले ब्याज जोडेर शैक्षिक शुल्क उठाउने गरिएको छ । त्यस कलेजमा विद्यार्थीबाट ब्याजसहित विलम्ब शुल्क साढे ७ लाखभन्दा बढी उठाएको पाइएको छ । विद्यार्थीका अनुसार स्कुल अफ साइन्सेसका म्यानेजर दीपक दाहालले ब्याजसहित विलम्ब शुल्क तिर्न बाध्य पार्ने गरेका छन् । कान्तिपुर दैनिकमाम खबर छ ।