८ बैशाख २०८१, शनिबार
Follow Us

काठमाडौंमा रेल कहिले ?

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७६, सोमबार ०२:५६

काठमाडौं : रेल सपना नेपालीका लागि नयाँ होइन। केपी ओली सत्तामा आएपछि मुलुकमा चाँडै रेल ल्याउँछौं भनेर गरेका भाषण निकै पुराना भइसकेका छन्। त्यसैले यति बेला आमजनताको जिज्ञासा छ– भारत वा चीनबाट त्यस्तो रेल काठमाडौं कहिले आउला ? चिनियाँ पक्षले प्रतिबद्धताअनुसार रेलमार्ग निर्माणमा पहल गरेको छैन भने भारतीय पक्षले पनि अध्ययन मात्र गरेको छ। दुवै तर्फबाट काठमाडौंसम्म आउने रेलको सम्भाव्यताको प्रारम्भिक अध्ययन भएको छ। चिनियाँ पक्षले रकमसमेत निकालिसकेको छ भने भारतीय पक्षले सम्भावना रहेको बताएको छ।

०७५ वैशाखमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन भ्रमण क्रममा समकक्षी वाङ यीसमक्ष भनेका थिए, ‘नेपालबाट रेल चढेर बेइजिङ आउने मेरो सपना छ।’ वाङले मुस्कान छर्दै भनिहाले, ‘अब त्यो टाढा छैन र सम्बन्धको बाधक हिमाल हुन सक्दैन।’ तर, अहिलेसम्म रेल ल्याउन ठोस काम भएको छैन। मन्त्री ज्ञवालीसँग वाङले नेपालको विकासका लागि चीन सघाउन तयार रहेको बताएका थिए। विदेशमन्त्री वाङले बीआरआई परियोजनामा चिनिया“ रेललाई नेपालसँगको सहकार्यमा राख्नेमा जोड दिएका थिए। बीआरआईमा नेपाल सहमत भइसके पनि यसबाट कस्तो परियोजना लिने भन्ने स्पष्ट हुन सकेको छैन। अन्नपूर्ण पाेस्टमा खबर छ ।