१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चिकित्सकको आन्दोलन १५ दिनका लागि स्थगन

sarusaru
२ बैशाख २०७६, सोमबार ०४:३४

काठमाडौँ । विभिन्न माग राखेर आन्दोलन गर्दै आएको सरकारी चिकित्सक सङ्घ (गोदान)ले आन्दोलन स्थगन गरेको छ । सकारबाट समस्याको समाधान निकाल्ने आश्वासन आएको र जनताको स्वास्थ्य उपचार र चिकित्सकीय कर्तव्यसमेतलाई मध्यनजर गर्दै १५ दिनका लागि आन्दोलन स्थगन गरिएको गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेले जानकारी दिए । आइतबार बसेको चिकित्सकको भेलाले यही वैशाख १५ गतेसम्मका लागि आन्दोलन स्थगन गरेको हो ।

सङ्घले एक विज्ञप्ति जारी गरी वार्ताबाटै समस्या समाधान गर्न माग गर्दै १५ दिनभित्रमा पनि समस्या समाधान नभए पुनःआन्दोलनमा उत्रने बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले कुनै वार्ता वा सहमति नभएको जानकारी दिँदै मन्त्री र सचिवबाट समस्या समाधानको आश्वासन गएको बताए । समस्या समाधानमा सरकार सकारात्मक रहेकोसमेत उनले बताए ।

आफूहरुलाई सङ्घअन्तर्गत राख्नुपर्ने माग गर्दै सरकारी चिकित्सकले विगत १० दिनदेखि आकस्मिकबाहेकका स्वास्थ्य सेवा बहिष्कार गर्दै आएका थिए । जसका यसको सर्वत्र विरोध भएको थियो भने बिरामी प्रभावित भएका थिए ।
रासस