७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतको लिभरपुलमा मनाइयो नेपाली नयाँ वर्ष

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७६, सोमबार १५:२८

लण्डन । बेलायतको लिभरपुलमा बसोबास गर्दै आएका नेपाली समुदायले नयाँ वर्ष २०७६ हर्षोल्लासका साथ मनाएका छन् ।

बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदी प्रमुख अतिथि रहेको कार्यक्रममा संस्थाका अध्यक्ष डा शम्भु आचार्यले उपस्थित सबैलाई स्वागत गर्दै नयाँ वर्षको शुभकामना दिएका थिए ।
कार्यक्रममा नयाँ चलचित्र क्याप्टेन प्रदर्शन र प्रचारका लागि यहाँ आएका नायक भुवन केसी पनि सहभागि थिए ।
कार्यक्रममा स्थानीय कलाकार जेनी सुनुवारले नृत्य र सपन राईले गीत प्रस्तुत गरेर सहभागिलाई भरपूर मनोरञ्जन दिलाएका थिए ।
संस्थाका पूर्वअध्यक्ष कुमार घर्तीले कार्यक्रम समापन गरेसँगै सोही हलमा अनमोल केसी अभिनित चलचित्र क्याप्टेन प्रदर्शन गरिएको थियो ।

लिभरपुल नेपाली समाजले आयोजना गरेको कार्यक्रमको संयोजन तथा उद्घोषण संस्थाका सल्लाहकार प्रवीण घिमिरेले गरेका थिए ।